सूचना विभाग
राष्ट्रिय जनसमृद्धि पार्टी नेपालले सिराहामा देवेन्द्र यादवलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ ।
समृद्ध नेपालको प्रतिबद्धताका साथ आगामी निर्वाचनमा सहभागी हुन लागेको पार्टीले आफ्नो सङ्गठन विस्तार अभियान अन्तर्गत सिराहामा यादवलाई जिम्मेवारी दिएको हो ।
यादवको नेतृत्वमा सिराहामा सङ्गठनात्मक सुदृढीकरणमा नयाँ ऊर्जा थपिएको पार्टीले बताएको छ । अब यादवकै नेतृत्वमा स्थानीय तहमा सङ्गठन विस्तार, जनसम्पर्क र जनसेवामा नयाँ गति आउने पार्टीले बताएको छ ।
देश राजनीतिक अस्थिरता, आर्थिक सङ्कट र सामाजिक विभाजनको चुनौतीबिच गुज्रिरहेको समयमा प्रस्तावित राष्ट्रिय जनसमृद्धि पार्टी नेपालले आफ्नो नयाँ “विधान–२०८२” सार्वजनिक गर्दै “समृद्ध जनता, समृद्ध राष्ट्र” भन्ने मूल मन्त्रसहित नयाँ राजनीतिक दिशानिर्देश प्रस्तुत गरेको छ ।
नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्दै, पार्टीले जारी गरेको प्रस्तावनामा राष्ट्रिय स्वाभिमान, लोकतन्त्र, समाजवाद र समृद्धिको मार्गमा अगाडि बढ्ने प्रतिबद्धता उल्लेख गरिएको छ । देशमा अहिले बढ्दो बेरोजगारी, मूल्यवृद्धि, युवाहरूको वैदेशिक पलायन, राजनीतिक अविश्वास र सुशासनको अभावले जनता निराश छन् । यस्तो अवस्थामा राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल (राजसपाने) ले आफूलाई नयाँ विकल्पको रूपमा प्रस्तुत गरेको छ ।
राष्ट्रिय जनसमृद्धि पार्टी नेपालका संयोजक माधव मरासिनीले सबै नेपाली नागरिकलाई देश निर्माणको यात्रामा सहभागी हुन आह्वान गरेका छन् ।
सूचना विभाग