जनसमृद्धि युवा संघ (NPPYA) युवाहरूको क्षमता, ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यले स्थापित एक युवाकेन्द्रित संगठन हो। देशभरका युवाहरू बेरोजगारी, अवसर अभाव, वैदेशिक पलायन, नकरात्मक सामाजिक प्रभाव र असङ्गठित अवस्थाबाट चुनौती झेलिरहेका छन्। संघले युवालाई सही दिशा, सीप, नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्षम बनाउँदै राष्ट्रकै समृद्धि अभियानमा सक्रिय सहभागी बनाउन चाहन्छ। यसले युवालाई केवल शक्ति होइन, परिवर्तनकारी नेतृत्वको स्रोतका रूपमा विकास गर्दै सामाजिक सेवा, राष्ट्रवादी चेतना, नवप्रवर्तन र उत्पादनशील क्रियाकलापतर्फ प्रेरित गर्दछ।
NPPYA ले युवाको सीप, नेतृत्व र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै युवा समाज निर्माण गर्ने लक्ष्य लिएको छ। सामाजिक सेवा, जागरण र राष्ट्रिय अभियानमा युवालाई सक्रिय सहभागितामा उन्मुख गर्दै सकारात्मक रूपान्तरणलाई मुख्य ध्येय बनाएको छ।
युवा सीप तथा उद्यमशीलता विकास नेतृत्व र राष्ट्रिय चेतना