जनसमृद्धि महिला संघ (NPPWA) नेपालका महिलाको अधिकार, सुरक्षा, नेतृत्व विकास र सामाजिक न्यायका लागि क्रियाशील प्रगतिशील संगठन हो। नेपाली महिलाले अझै पनि हिंसा, भेदभाव, आर्थिक निर्भरता, स्वस्थ्य असमानता, सामाजिक तथा पारिवारिक दडेलो जस्ता समस्याहरू झेलिरहनुपरेको छ। यिनै चुनौतीहरू समाधान गर्दै संघले महिला सशक्तिकरण, आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर राष्ट्रिय महिला आन्दोलनलाई सुदृढ बनाउने कार्य गर्दछ। महिलालाई समान अवसर, निर्णय प्रक्रियामा प्रतिनिधित्व र सामाजिक न्याय प्राप्त गराउन संघले अभियान, तालिम, सचेतना कार्यक्रम र नीति सुधारका लागि निरन्तर आवाज उठाउँछ।
NPPWA ले महिला अधिकार संरक्षण, हिंसा–भेदभाव अन्त्य र आर्थिक आत्मनिर्भरता विकासमा केन्द्रित राष्ट्रिय अभियान सञ्चालन गर्छ। यसले स्थानीयदेखि संघीय तहसम्म महिलाको नेतृत्व विकास गरी लैङ्गिक समानता संस्थागत गर्ने रणनीति अवलम्बन गरेको छ।