जनसमृद्धि अन्तर्राष्ट्रिय नेपाली संघ (NPPINA) विश्वभर छरिएका नेपालीहरूको अधिकार, पहिचान, सुरक्षाका लागि समर्पित समुदायिक संस्था हो। विदेशमा रहेका नेपालीहरू रोजगार, अध्यन, व्यवसाय वा अन्य कारणले विभिन्न देशमा पुगेका छन्, तर उनीहरू धेरैजसो समस्याहरू कानुनी जटिलता, शोषण, दुर्घटना, आर्थिक कठिनाइ, सांस्कृतिक पहिचान संकटसँग जुझिरहेका हुन्छन्। NPPINA ले यिनै अवस्थालाई सम्बोधन गर्दै नेपालीहरूलाई सुरक्षित वातावरण, सहयोग नेटवर्क, कानुनी सहयोग तथा सांस्कृतिक पहिचान संरक्षणमा अग्रसर भूमिका खेल्दछ। यसले विश्वभरका नेपालीलाई एकीकृत गर्दै परस्पर सहयोग, सञ्जाल विस्तार, र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको सम्मानजनक पहिचान निर्माण गर्ने लक्ष्य राखेको छ।
NPPINA ले विदेशमा रहेका नेपालीको सुरक्षादेखि अवसरसम्मको संरचनागत सहयोग उपलब्ध गराउँदै उनीहरूलाई एकिकृत अन्तर्राष्ट्रिय समुदायमा रूपान्तरण गर्ने प्रयास गर्छ। यसले नेपाली भाषा, संस्कृति, पहिचान जोगाउने र विश्वमा नेपाली प्रतिनिधित्व बढाउने अभियान सञ्चालन गर्दछ।
विदेशमा रहेका नेपालीको सुरक्षा र अधिकार संरक्षण
कानुनी सामाजिक सहयोग नेटवर्क भाषा, अन्तर्राष्ट्रिय प्रतिनिधित्व विस्तार