जनसमृद्धि विद्यार्थी संघ (NPPSU)
‘शिक्षाद्वारा परिवर्तन, विद्यार्थीबाट समृद्धि।’
जनसमृद्धि विद्यार्थी संघ (NPPSU) राष्ट्रका सबै विद्यार्थीको अधिकार, अवसर र क्षमता विकासमा समर्पित एक प्रगतिशील विद्यार्थी संगठन हो। नेपालका शैक्षिक संस्थाहरूमा शिक्षा अन्योल, राजनीति प्रभावित वातावरण, आर्थिक असमानता र कक्षा कलेज भित्र–बाहिर देखिने विभेदका कारण विद्यार्थीहरू आफ्नो प्रतिभा पूर्ण रूपमा प्रयोग गर्न नपाइरहेका छन्।
यिनै समस्याहरूलाई सम्बोधन गर्दै संघले विद्यार्थीको शैक्षिक गुणस्तर, स्वतन्त्र वातावरण, अनुसन्धान क्षमताको विकास तथा सामाजिक उत्तरदायित्वप्रति केन्द्रित राष्ट्रिय अभियान सञ्चालन गर्छ। संघको उद्देश्य पढाइलाई मात्र केन्द्र नभइ नेतृत्व, सिर्जनशीलता, चेतना र नवप्रवर्तनयुक्त विद्यार्थी समुदाय निर्माण गर्नु हो। यसले विद्यार्थीलाई राष्ट्र निर्माणको मुख्य शक्ति बनाउने लक्ष्यसहित शैक्षिक, सामाजिक र संगठनात्मक रूपमा समृद्ध विद्यार्थी आन्दोलनको विकासमा अग्रसर भूमिका खेल्दछ।
NPPSU ले विद्यार्थीको समस्या पहिचानदेखि समाधानसम्म सक्रिय अग्रपंक्तिमा रही आवाज उठाउने कार्य गर्दछ। यसले गुणस्तरीय शिक्षा, समान अवसर, अनुसन्धान–मैत्री वातावरण र सिर्जनशीलता प्रवर्द्धनमार्फत विद्यार्थीलाई सक्षम बनाउने दिशा लिएको छ। सामाजिक रूपान्तरण, नेतृत्व निर्माण र चरित्रवान् युवा उत्पादन यसको मुख्य केन्द्र हो।
विद्यार्थीको हक–अधिकार संरक्षण
गुणस्तरीय शिक्षा र अनुसन्धान प्रवर्द्धन
नेतृत्व, चेतना र सिर्जनशीलता विकास
विद्यार्थी समस्यामा संगठनात्मक आवाज
राष्ट्र निर्माणमा विद्यार्थीको भूमिकालाई सुदृढ गर्ने