‘श्रमको सम्मान, श्रमिकको अधिकार जनसमृद्धिको आधार।’
जनसमृद्धि श्रमिक संघ (NPPWU) देशभरका श्रमिक वर्गका अधिकार, सुरक्षा र जीवनस्तर सुधारका लागि समर्पित एक अग्रगामी श्रमिक संगठन हो। नेपालका श्रमिकहरू अझै पनि न्यून तलब, असुरक्षित काम वातावरण, बीमा तथा सामाजिक सुरक्षा अभाव र श्रम शोषणको दबदबामा बाँच्न बाध्य छन्। संघले यिनै कमजोरीहरूमाथि आवाज उठाउँदै श्रमिकमैत्री नीति निर्माण, कामको सुरक्षा, तलब तथा सुविधा सुनिश्चितता र श्रमिक सम्मान प्रवर्द्धनमा संघर्षशील भूमिका निभाउँछ। संघको लक्ष्य श्रमिकलाई केवल श्रम दिने वर्गमै सीमित नराखी, उनीहरूको सीप, क्षमताभित्र रहेको उत्पादनशील शक्ति बाहिर ल्याई देशको आर्थिक परिवर्तनमा योगदान गर्न सक्ने वास्तविक शक्ति बनाउनु हो
NPPWU ले श्रमिक एकता, सुरक्षा र सम्मानलाई सर्वोच्च प्राथमिकतामा राख्दै श्रम, न्यायमा आधारित समाज निर्माणमा जोड दिन्छ। यसले तलब, बीमा, सुरक्षासहितको काम, सीप विकास तथा रोजगारी अवसर विस्तारमार्फत श्रमिकको जीवनस्तर उकास्ने दीर्घकालीन प्रतिबद्धता लिएको छ।