नेपालले धेरै राजनीतिक परिवर्तन देखे पनि जनताले चाहेको स्थिरता, समानता र समृद्धि प्राप्त हुन सकेको छैन। भ्रष्टाचार, दण्डहीनता, असमान विकास, युवाको विदेशिनुपर्ने बाध्यता, उत्पादनमा कमजोरी र सामाजिक विभेद अझै गम्भीर चुनौती बनेका छन्। यिनै समस्याको समाधानका लागि, जनताको अपेक्षा र ऐतिहासिक आवश्यकताका आधारमा राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल गठन गरिएको हो। पार्टीको लक्ष्य सत्ता होइन, राष्ट्र पुनर्निर्माण, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र र जनकेन्द्रित शासन निर्माण हो।
सामाजिक न्याय, समानता र अवसरमा आधारित समाज निर्माण
जातीय छुवाछूत, दलित उत्पीडन, लैङ्गिक तथा क्षेत्रीय असमानता अन्त्य
कृषि, उद्योग, ऊर्जा, प्रविधि, पर्यटन र उद्यमलाई उत्पादनको आधार बनाउने
युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने
भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी शासन
शिक्षा, स्वास्थ्य, आवास, खानेपानी र रोजगारीमा समान पहुँच सुनिश्चित
समृद्ध, आत्मनिर्भर, वैज्ञानिक र न्यायपूर्ण आधुनिक नेपाल
ग्रामीण–शहरी सबै क्षेत्रमा समान अवसर
उत्पादनमा आधारित दिगो अर्थतन्त्र
पारदर्शी, जनमुखी र प्रविधिमैत्री शासन
अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रशासन
युवालाई नेतृत्वमा अग्रस्थान
अन्तर्राष्ट्रिय समुदायसँग समतामूलक सहकार्य
राष्ट्रिय जनसमृद्धि पार्टी नेपालको आगामी लक्ष्य र दृष्टिकोण यश अनुसार रहेको छ।
समावेशी, न्यायपूर्ण र आत्मनिर्भर जनसमृद्ध नेपाल निर्माण गर्ने।
जात, वर्ग, क्षेत्र, भाषा वा धर्मका आधारमा हुने सबै प्रकारका विभेद अन्त्य गर्ने।
वैज्ञानिक समाजवादको मार्गदर्शनमा उत्पादन–आधारित, समान अवसरयुक्त, आधुनिक राज्य निर्माण गर्ने।
कृषि, उद्योग र प्रविधिमा आधारित उत्पादक अर्थतन्त्र विकास।
आयात–निर्भरता घटाएर स्वदेशमा रोजगारी सिर्जना।
सीप, प्रविधि र नवप्रवर्तनमा आधारित स्टार्टअप तथा उद्योग विस्तार।
स्थानीय स्रोत–साधनको दिगो उपयोग र ग्रामीण अर्थतन्त्रको सुदृढीकरण।
जातीय छुवाछूत, दलित उत्पीडन, लैङ्गिक हिंसा र सामाजिक असमानताहरूको पूर्ण अन्त्य।
स्वास्थ्य, शिक्षा, आवास, खानेपानीजस्ता आधारभूत सेवामा समान पहुँच।
सामाजिक न्याय, समानता र मानव मर्यादामा आधारित समान समाज निर्माण।
भ्रष्टाचार, दण्डहीनता र अनियमिततामा शून्य सहनशीलता।
स्थानीय तहदेखि संघीय तहसम्म उत्तरदायी, पारदर्शी र जनमुखी शासन।
नागरिकको प्रत्यक्ष सहभागिता हुने डिजिटल लोकतन्त्र (e-Democracy) को विकास।
युवालाई उद्यमशीलता, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा राष्ट्रीय शक्ति बनाउन।
डिजिटल नेपाल, स्मार्ट प्रशासन, साइबर सुरक्षा र आधुनिक प्रविधिको व्यापक प्रयोग।
समानता, राष्ट्रिय हित र मर्यादामा आधारित स्वतन्त्र परराष्ट्र नीति।
छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य, व्यापार र प्रविधि साझेदारीको विस्तार।